तुलसीपुुरमा सवारी दुर्घटना हुँदा बाबुछोराको मृत्यु
तुलसीपुर । दाङको तुलसीपुरमा सवारी दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ३५ वर्षका मनोज नेपाली र उहाँका छोरा ५ वर्षका मिनाराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी होमराज पराजुलीले जानकारी दिनुभयो ।त्यसैगरी सोही घटनामा परेर मृतककी श्रीमती ३४ वर्षकी अनुसा नेपाली घाइते हुनुभएको छ ।
दुर्घटनामा परी गम्भिर घाईते बाबुछोराको नेपालगन्जमा उपचारको क्रममा निधन भएको प्रहरीले बताएको छ । तुलसीपुरको घोराही रोड स्थित गुल्मचोकमा रा १ ख २१९२ नम्बरको टिपरले रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटना बिहान करिब ६ बजे भएको थियो ।




तपाईंको प्रतिक्रिया