थप १४ सय ५९ जनामा कोरोना संक्रमण, मृतकको संख्या ३ सय ७१ पुग्यो

 भदौ ३०, २०७७

भदौ ३०,काठमाडौं ।

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या​ ५६ हजार ७ सय ८८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

संक्रमितमध्ये ४० हजार ६ सय ३८ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा १ हजार ६२ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
मृतकको संख्या भने ३ सय ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।

तपाईंको प्रतिक्रिया