लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका सवालबारे गढवामा अभिमुखीकरण
गढवा, १४ असार — गढवा गाउँपालिकाको आयोजनामा उत्सवमय जुन महिनाको अवसरमा “गौरवमय यात्रा र सरोकारवालासँग लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिको सवाल” विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उपाध्यक्ष शारदाकुमारी चौधरी ले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको अधिकार, सम्मान र पहिचानको संरक्षणमा स्थानीय तह प्रतिबद्ध रहेको बताउनुभयो। इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकी ले लैंगिक पहिचानका आधारमा हुने विभेद र हिंसा अन्त्य गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो।
मानव स्वास्थ्य समाज दाङका प्रमुख जुनु चौधरी ले समुदायको अवस्था, अधिकार र सामाजिक समावेशीकरणका विषयमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले समान अवसर, सम्मानजनक व्यवहार र सुरक्षित वातावरण निर्माणका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका थिए।




तपाईंको प्रतिक्रिया