आफ्नै शरीरमा आगो लगाएका नेपालीको निधन
काठमाडौं । हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको निधन भएको छ । वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत् नेपालीको अहिले बिहान ११:२० मा निधन भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले बताए ।




तपाईंको प्रतिक्रिया