नेपाल विद्यालय कर्मचारी परिषद् दाङको पाँचौँ अधिवेशन
दाङ । नेपाल विद्यालय कर्मचारी परिषद् दाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। जिल्ला अध्यक्ष तप्तप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न अधिवेशनमा परिषद्का केन्द्रीय उपमहासचिव डम्बर वली प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश अध्यक्ष गोविन्द घर्ती विशिष्ट अतिथि रहेका थिए।
अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि डम्बर वलीले विद्यालय कर्मचारीका हक, हित र पेशागत अधिकार संरक्षणका लागि संगठनलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा केन्द्रीय सदस्य मिनेश श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य मित्रलाल शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
अधिवेशनबाट निर्वाचित नयाँ जिल्ला कार्यसमितिमा अध्यक्षमा निमबहादुर वली (घोराही) उपाध्यक्षमा घनबहादुर रावत र चाँदना हमाल (घोराही), सचिवमा दुर्गा भण्डारी (घोराही) , कोषाध्यक्षमा छत्रबहादुर चौधरी (लमही ) तथा सहसचिवमा नन्दराम केसी ( शान्तिनगर) निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यहरूमा आसा पोख्रेल, तेज पौडेल, शोभा वि.सी., सन्तवीर चौधरी र पार्वती चौधरी निर्वाचित भएका छन्। पुर्ण विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव घन बहादुर रावतले गरेका थिए ।
नवनिर्वाचित पदाधिकारीहरूले विद्यालय कर्मचारीहरूको पेशागत हकहित, सेवा–सुविधा र संगठनको सुदृढीकरणका लागि सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




तपाईंको प्रतिक्रिया