रुकुम पश्चिममा वडाध्यक्ष विक पक्राउ, नेकपाको आपत्ति
रुकुम पश्चिम । आठविसकोट–३ का वडाध्यक्ष केशरमान विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भाइ गोपाल विकलाई पक्राउ गर्न खोज्दा प्रहरीलाई अवरोध गरेको आरोपमा उनलाई मंगलबार बिहान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार गोपाल विकमाथि निर्माण व्यवसायीको जेसीभीको चाबी लिएर धम्की दिँदै रकम मागेको उजुरी परेको थियो। पक्राउ गर्न खोज्दा अवरोध गरेपछि केशरमानलाई नियन्त्रणमा लिइएको डीएसपी वेदबहादुर पौडेलले बताए।
यता, नेकपा रुकुम पश्चिमले वडाध्यक्ष विकलाई पक्राउ गरी कुटपिट गरिएको आरोप लगाउँदै आपत्ति जनाएको छ। नेकपाले विकलाई रिहा गर्न, उपचारको व्यवस्था गर्न र कुटपिटमा संलग्नमाथि कारबाही गर्न माग गरेको छ।
प्रहरीले भने विकमाथि कुटपिट नगरिएको स्पष्ट पारेको छ।




तपाईंको प्रतिक्रिया