कपडा तथा सिलाई व्यवसायी संघ दाङको अध्यक्षमा परियार

 ८ घण्टा अगाडि

तुलसीपुर । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, दाङको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले शुरेन्द्र परियारको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। तुलसीपुर उद्योग वाणिज्य संघमा शनिबार सम्पन्न अधिवेशनले परियारको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा इमा गुरुङ र शारदा शर्मा, सचिवमा हेमराज परियार, सहसचिवमा पोषण रनपाल, कोषाध्यक्षमा दिलबहादुर परियार, सहकोषाध्यक्षमा लोकबहादुर छिनाल तथा सदस्यमा प्रेम नेपाली र राधा परियार चयन भएका छन ।

संघका अध्यक्ष  पदम नेपालीको अध्यक्षता तथा  संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष कालीप्रसाद नेपालीको प्रमुख आतिथ्यतामा कार्यक्रमको  सञ्चालन  जिल्ला सचिव फत्ते परियारले गरेका थिए ।

नयाँ कार्यसमितिले कपडा तथा सिलाई व्यवसायीहरूको हकहित संरक्षण, व्यवसाय प्रवर्द्धन तथा व्यवसायीबीच एकता र सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको  छ।

तपाईंको प्रतिक्रिया