रास्वपा कपुरकोटका सभापतिको सवारी दुर्घटनामा परी मृत्यु
सल्यान, ०३ भदौ ।
सल्यानको कपुरकोट गाउँपालिकाका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति बेद बहादुर वलीको सवारी दुर्घटनामा परी निधन भएको छ । मंगलबार बिहान राप्ती राजमार्ग अन्तर्गत कपुरकोट–३ मुलपानीमा वलीले चलाएको बा ६८ प २५२८ नम्बरको मोटरसाइकल र लु.प्र. ०१–००१ ख १११२ नम्बरको फोर्स गाडी एक आपसमा ठोक्किँएका थिए ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा गम्भीर घाइते ३४ वर्षिय वलीलाई उपचारका लागि दाङको घोराहीस्थित सञ्जीवनी टिचिङ हस्पिटलमा लगिएको थियो । उपचारकै क्रममा बुधबार बिहान बेदबहादुरको मृत्यु भएको रास्वपा कपुरकोटका सचिव चुडामणी पिएमले जानकारी दिनुभयो ।
घाइते शुकलालको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले फोर्स गाडी र चालक दाङको तुलसीपुर, ११ बस्ने वर्ष २७ का सुरज मिजारलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लुहाममा राखिएको छ ।




तपाईंको प्रतिक्रिया