कांग्रेस तुलसीपुर–१२ को वडा सभापतिमा गिरी निर्वाचित
तुलसीपुर । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका–१२ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले भरत राज गिरिको सभापतित्वमा नयाँ वडा कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
अधिवेशनबाट उपसभापतिमा लिलाधर भण्डारी र उमा भण्डारी, सचिवमा श्याम कुमार आचार्य तथा सह–सचिवमा निम बहादुर डाँगी चयन भएका छन्। सदस्यहरूमा सुनिता वली, उमा वली, पार्वती डाँगी, महेश बि.क., रिता बुढा मगर, तोसिराम चौधरी, दिनेश खत्री, राधाकृष्ण चौधरी, रेशम बहादुर वली र डिल्ली गौतम चयन भएका छन्।
त्यसैगरी अधिवेशनले विभिन्न क्लस्टर तथा समूहबाट क्षेत्रीय प्रतिनिधिहरू समेत सर्वसम्मत चयन गरेको छ। खुलातर्फ शंकर गिरि, गोविन्द बहादुर शाह, गेहेन्द्र वली, पुष्पराज गिरि, भरत राज लामिछाने, तिलक बहादुर के.सी., डम्बर बहादुर भण्डारी, बसन्त बहादुर के.सी., लाल बहादुर बस्नेत, भिम प्रसाद भण्डारी, कृपाराम वली, ध्रुव प्रकाश गिरि, अशोक भण्डारी र टंक बहादुर खत्री चयन भएका छन्।
महिला प्रतिनिधितर्फ सुष्मा लामिछाने (गिरि), मन्जु घिमिरे (आचार्य), ईन्दीरा शर्मा गौतम, पार्वती बस्नेत, ममता न्यौपाने, कल्पना शर्मा र अनिता के.सी. भण्डारी चयन भएका छन्। युवा प्रतिनिधिमा राधिका खड्का, झर्णा के.सी., मदन खत्री, जोयल गिरि र सुसिल गिरि चयन भएका छन्।
दलिततर्फ खड्के कामि र पुष्कर दमाई, जनजातितर्फ विश्रिजित राहु मगर, थारूतर्फ आशा चौधरी र अमृता चौधरी, पेशागततर्फ गौरव गिरि, श्रमिकतर्फ मदन कुमार वली तथा प्रजातन्त्र सेनानी/सहिद परिवार/द्वन्द्व प्रभाविततर्फ गुरु प्रसाद आचार्य क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।
त्यस्तै खसआर्यतर्फ तुलसी राम वली, शेषमणी भण्डारी, धनराज गौतम, प्रमोद बुढाथोकी, कमल कुशम आचार्य र घनश्याम बस्नेत चयन भएका छन्।




तपाईंको प्रतिक्रिया