दाङमा पनि सुरु भयो शिक्षकको ई–पेन्सन सेवा

 ३ घण्टा अगाडि

दाङ । शिक्षा विकास तथा समन्वय एकाइ, दाङमा सेवानिवृत्त स्थायी शिक्षकका लागि ई–पेन्सन सेवा सुरु भएको छ। राष्ट्रिय किताबखाना (शिक्षक) का निर्देशक विश्वास विकको सहजीकरणमा दाङबाट सेवानिवृत्त शिक्षक बुद्धिमान चौधरी र इन्द्रदेव चौधरीलाई ई–पेन्सन सुविधा उपलब्ध गराउने प्रक्रिया सुरु गरिएको हो।

ई–पेन्सन सेवा सुरु भएसँगै अब सेवानिवृत्त स्थायी शिक्षकले निवृत्तिभरण अधिकारपत्र (पेन्सनपट्टा) प्राप्त गर्न विद्यालय, स्थानीय तह र एकाइ हुँदै काठमाडौँस्थित राष्ट्रिय किताबखानासम्म पुग्नुपर्ने झन्झट कम हुने भएको छ।

ई–पेन्सनका लागि आवश्यक कागजात

१. एकाइबाट प्राप्त राजीनामा स्वीकृत /अनिवार्य अवकाश पत्र ।
२. नियुक्ति पत्र ।
३. बढुवा नियुक्ति पत्र ।
४. सरुवा तथा रमाना पत्रहरु ।
५. इच्छाएको व्यक्तिको नागरिकता प्रमाण पत्रको फोटोकपी ।
६. अस्थायी नियुक्ति पत्र (अस्थायी सेवा जोड्नेको र अस्थायी विरामी विदा दावी गर्नेको हकमा
मात्र) ।
७. समर्थन पत्र (अस्थायी सेवा जोड्नेको र अस्थायी विरामी विदा दावी गर्नेको हकमा मात्र ) ।
७. अस्थायी सेवा अवधी थप गरी नि.भ. उपलब्ध गराउने एकाइको सिफारिस पत्र (अस्थायी सेवा जोड्नेको हकमा मात्र) ।
८. विदा प्रमाणित फाराम वार्षिकरूपमा प्रमाणित विदा अभिलेखको आधारमा तयार भएका ४, ५ र ६ नं. फाराम ।
९. मृत्यू दर्ता प्रमाणपत्र ( पारिवारिक निवृत्तभरणको लागि मात्र) ।
१०. नाता प्रमाणित प्रमाणपत्र ( पारिवारिक निवृत्तभरणको लागि मात्र ) ।
११. इच्छाइएको व्यक्ति नभएको अवस्थामा स्थानीय तहको हकवाला सिफारिस पत्र (पारिवारिक निवृत्तभरणको लागि मात्र ) ।
१२. पेश गरेको कागजात दुरूस्त ठीक हो भनी गरिने स्वघोषणा ।
१३. सेवानिवृत्त शिक्षक र इच्छाइएको व्यक्तिको फोटो तथा दुवैजनाको हस्ताक्षरको नमूना ।
१४. सेवानिवृत्त शिक्षक र इच्छाइएको व्यक्तिको राष्ट्रिय परिचय पत्र अनिवार्य ।
१५. बिरामी विदाको रकम र औषधी उपचार खर्चवापतको रकम प्राप्त गर्ने बैङ्कको चेकको फोटोकपी ।

तपाईंको प्रतिक्रिया