तिहारमा मामाघर गएका ६ वर्षीय बालकको राप्ती नदीमा डुबेर मृत्यु

 ५ घण्टा अगाडि

दाङ। तिहार मनाउन मामाघर गएका ६ वर्षीय बालकको राप्ती नदीमा डुबेर मृत्यु भएको छ। दाङको राजपुर गाउँपालिका–७ हाडबासस्थित राप्ती नदीमा मंगलबार बिहान करिब ११:४५ बजे पौडी खेल्ने क्रममा डुबेर किशन डाँगीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार किशन तुलसीपुर उपमहानगरपालिका–६ निवासी प्रहरी हवल्दार खड्कसिंह डाँगीका छोरा हुन्। उनका बुबा र आमा दुवै तुलसीपुर टरिगाउ विमानस्थलमा कार्यरत छन्। उनी तिहार मनाउन मामाघर पुगेका थिए।

घटनाबारे दिउँसो १:०५ बजे प्रहरी चौकी चङ्गुवामा खबर प्राप्त भएको थियो। खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षकको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

तपाईंको प्रतिक्रिया