तुलसीपुरमा शिक्षक सहित १० जनामा कोरोना संक्रमण

 कार्तिक ०३, २०७७

तुलसीपुर ।
तुलसीपुरमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा २ महिला र ८ पुरुष गरी १० जनामा संक्रमण पुष्टि भएको हो ।

उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीका अनुसार वडा नम्बर २, ५ , ६ , ७ , १७ र १८ मा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा विद्यालयका शिक्षक, बैंक,यातायातकाका कर्मचारी समेत रहेका छन् । यससंगै तुलसीपुरमा कुल संक्रमितको संख्या ३८८ पुगेको छ । अहिले तुलसीपुरमा सक्रिय संक्रमितको संख्या १५२ रहेको छ भने अहिलेसम्म २३६ जना संक्रमण मुक्त भएका छन्।

तपाईंको प्रतिक्रिया