आईपीएलको फाईनल खेल आज

 कार्तिक २५, २०७७

काठमाडौं ।

१३ औँ सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) फाइनल म्याच आज हुँदैछ । यो पटक उपाधिका लागि दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स खेल्न लागेका हुन् । यी दुईबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि दुबईमा सुरु हुनेछ । आईपीएल २०२० मा दुबै टिमले राम्रो गर्दै गर्दै फाइनलसम्मको यात्रा गरेका हुन् ।

मुम्बईले दिल्लीलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । दिल्लीले सनराइजर्स हैदराबादलाई हराउँदै पहिलो पटक फाइनलको टिकट काट्न सफल भयो । तुलनात्मक रूपमा जारी सिजनमा दिल्लीभन्दा मुम्बई बलियो देखिएको छ । उसले दिल्लीलाई जारी सिजनमा पहिलो क्वालिफायर र लिग चरणका दुबै खेलमा पराजित गरेको थियो ।

मुम्बईका इशान किशन, क्विन्टन डिकक, हार्दिक पाण्ड्या, सूर्यकुमार यादव राम्रो लयमा छन् । उसका जसप्रीत बुमराह र ट्रेन्ट बोल्टले लगातार घातक बलिङ गरिरहेका छन् । दिल्लीले सुरुवातका म्याचमा राम्रो सुरुवात गरे पनि पछिल्लो खेलमा खराब लय समातेको थियो । यद्यपि क्वालिफायर-२ मा हैदराबादविरुद्ध भने दिल्लीले फेरि लय देखाएको छ । हैदराबादविरुद्ध शिखर धवन, मार्कस स्टोइनिस, शिमरोन हेटमायर, कागिसो रबाडाले शानदार प्रदर्शन गरेका थिए । फाइनलमा पनि त्यही लय कायमै राखे मुम्बई र दिल्लीको म्याच रोमाञ्चक हुने अनुमान गरिएको छ ।

क्रिकइन्फोले अनुमान गरेको मुम्बईको प्लेइङ-११ : क्विन्टन डिकक, रोहित शर्मा (कप्तान), इशान किशन, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, किरण पोलार्ड, कृणाल पांड्या, राहुल चहर, नाथनकुल्टर नाइल, जेम्स प्याटिन्सन/ट्रेन्ट बोल्ट र जसप्रीत बुमराह ।

क्रिकइन्फोले अनुमान गरेको दिल्लीको प्लेइङ- ११ : शिखर धवन, मार्कस स्टोइनिस, अजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, अक्क्षर पटेल, हर्षल पटेल/प्रवीण दुबे, शिमरोन हेटमायर, कागिसो रबाडा, रविचन्द्रन अश्विन र एनरिच नोर्टजे।

तपाईंको प्रतिक्रिया