आज विश्व शौचालय दिवस

 मङि्सर ०४, २०७७

तुलसीपुर ।

ट्वाईलेट, चर्पी, शौचालय, रेस्टरुम लगायत थुप्रै नाम छन् । हरेक मानवलाई अपरिहार्य कुरा हो तथापि हामीकहाँ भनें अत्यन्त फोहोर या दुरअवस्था जनाउने ठाँउ जनाउनु पर्दा ट्वाईलेट जस्तो छ्या भन्ने चलन छ । बच्चाले राम्रो नपढेमा ट्वाईलेट मा थुनिदिन्छु भन्ने धम्कीहरु त हामीमध्य धेरैले भोगेका अनि खपेका छौं । जिवनका लागि अपरिहार्य अनि सरसफाई को पर्याय शौचालयलाई किन यति सारो घृणा अनि बितृष्णाका रुपमा हेरिएको हो भन्ने तर्कना कहिलेकाँही लाग्ने गर्दछ ।

दुख्खद कुरा त के भनें नेपालका अधिकांश शहर या गाँउहरुमा व्यबस्थित शौचालयको सुबिधा छैन् । अस्पताल देखि सिनेमाघर सम्मा अधिकांश शौचलयहरु दुर्गन्ध हुने गरेको हामीले पाएका छौं भनें अहिले आएर शपीगं मल लगायतका ठाँउहरुमा भनें सुस्तरि शौचालय सभ्यता अनि सरसफाई बढोत्तरी भएकै हो । विश्वले यसै शौचालय अनि यसको महत्वलाई सबैसामो उजागर गर्दे हरेक बर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाउदछ।

सन् २०३० सम्मको दिर्घकालिन बिकास लक्ष्यमा संसारका हरेक वासिन्दालाई सरसफाईका श्रोत र सुबिधा का साथ फालिनेपानी लाई पूर्नपयोग गर्ने श्रोत र संरचना पनि सुलभ बनाउने लक्ष्य रहेको छ ।

तपाईंको प्रतिक्रिया