उपाधिको लागी एपिएफ र प्रदेश एक भिड्ने

 पुष १८, २०७७

तुलसीपुर ।

सुदूरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली एपीएफ दाङको लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै एपीएफ प्रतियोगिताको फाइनलपुगेको हो । फाइनल पुग्ने क्रममा सुदूरपश्चिमले दिएको ६१ रनको विजयी लक्ष्यलाई एपीएफले १५ ओभरमा मात्र १ विकेट गुमाएर पूरा ग¥यो ।

त्यसअघि खराब मौसमका कारण १६ ओभरमा घटाईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित पूरै ओभर खेल्दै ७ विकेट गुमाएर ६० रन बनाएको थियो ।
यस्तै,शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश १ प्रतियोगिताको फाइनल पुगेको हो ।

खेलमा लुम्बिनीले प्रस्तुत गरेको ५३ रनको विजयी लक्ष्यलाई प्रदेश १ ले ८.५ ओभरमा विना विकेट गुमाएर पूरा गर्यो । अब उपाधिका लागि आईतबार प्रदेश १ ले विभागीय टोली एपीएफको सामना गर्नेछ । प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछ । भने उप (विजेता टोलीले ३ लाख त्यसैगरी सेमिफाइनलबाट बाहिरिएका दुई टोली सुदूरपश्चिम र लुम्बिनीले समान २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ सर्वोउत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याटरले १० हजार, उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्नेछन् ।।

तपाईंको प्रतिक्रिया