कोरोनाका कारण ७ जनाको मृत्यु

 पुष २०, २०७७

तुलसीपुर ।

बितेको २४ घण्टामा देशभर थप ४ सय ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमा पुरुष २४४ र महिला १५९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै सोही अवधिमा ५९४ सङ्क्रमित निको भएको पनि मन्त्रालयले जनाएको छ ।


यसैबीच बितेको २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ । हाल देशभर ५ हजार २८९ जना सक्रिय सङ्क्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । हालसम्म देशभर कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ६२ हजार २६२ र निको हुनेको संख्या २ लाख ५५ हजार ८८ जना रहेको छ। यस्तै मृतकको कुल संख्या १८८५ रहेको छ ।

तपाईंको प्रतिक्रिया