दंगिशरणका कृषकलाई च्याउको बीउ

 माघ ०६, २०७७

दिप्तिशिखा चौधरी, दङ्गिशरण ।
दंगिशरण गाउँपालिका कृषि शाखाले कृषकहरुलाई च्याउको बीउ तथा प्लाष्टिक वितरण गरेको छ । शाखाले गाउँपालिकाका सात वटै वडामा रहेका ७९ वटा कृषक समूह,२ सहकारी ,३ वटा कृषि फर्म र २५ जना कृषकहरुलाई बीउ वितरण गरेको हो । ५० प्रतिशत अनुदानमा बीउ वितरणा गरेको कृषि शाखा प्रमुख सरु भुसालले जानकारी दिएकी छिन ।

शाखाले कृषकहरुको माग अनुशार च्याउको बीउ र प्लास्टिक वितरण कार्यक्रम मार्फत उक्त बीउ वितरण गरेको जनाएको छ । शाखाले कृषि क्षेत्रलाई ब्यवसायिमुलक बनाउन समयको माग अनुशार बीउ विजन उपलब्ध गराउदै आएको छ ।

तपाईंको प्रतिक्रिया