आईपीएल: सन्दीपलाई कुनै क्लवले लिएनन्

 फागुन ०६, २०७७

काठमाण्डाै ।

इण्डियन प्रिमियर लिग (आईपीएल) काे अक्शनमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने ‘अनसाेल्ड’ भएका छन् । चेन्नईमा भइरहेकाे अक्शनमा सन्दीप ‘अनसाेल्ड’ भएका हुन् । न्यूनतम अनुबन्ध रकम ४० लाख भारु रहेका सन्दीपलाई कुनै पनि क्लबले अनुबन्ध नगरेकाे हाे । तीन वर्षका लागि दिल्ली क्यापिटल्समा अनुबन्ध भएका सन्दीपलाई दिल्लीले यस वर्ष रिलिज गरेकाे थियाे ।

सन्दीप अक्शनका लागि छनाेट भएसँगै नेपाली समर्थक निकै खुसी भएका थिए । सन्दीपले दिल्लीबाट नाै खेल खेलेकाेमा १३ विकेट लिएका थिए । सन्दीप दिल्लीमा तीन वर्ष अनुबन्ध भए पनि गएकाे संस्करणमा भए एक खेलमा पनि माैका पाएका थिएनन् ।

तपाईंको प्रतिक्रिया