योगीले भने- ‘गरीव दुखीलाई सहयोग गर्नु नै धर्म हो’

 चैत ०४, २०७७

तुलसीपुर ।
तुलसीपुरका एक युवाले आर्थिक सहयोग गरेका छन । उपमहानगरपालिका वडा नम्र ५ मासुमार्केट बस्ने टिका वली र भर्ती वलीका छोरा मोहनको उपचारको लागि युवा नेता विवेक योगीले आर्थिक तथा खाद्यान्न सहयोग गरेका हुन । युवा संघ तुलसीपुर उपमहानगरका संयोजक समेत रहेका योगीले ५ हजार नगद र खाद्यान्न सहयोग गरेका छन् । योगीले यस अघि पनि बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन । सहयोग पछि योगीले गरीव दुखीलाई सहयाग गर्नु नै धर्म भएको प्रतिक्रिया दिएका छन ।

वली परीवारले आर्थिक सहयोगको लागि अपिल गरेका थिए । फागुन १५ गते खेल्ने क्रममा घरको छतबाट लडेर ५ बर्षीय छोरा मोहन वलीको टाउकोमा चोट लागि घाइते भएका थिए ।

तपाईंको प्रतिक्रिया