लकडाउनको उल्लंघन गर्ने ५२ जना तुलसीपुरमा पक्राउ

 बैशाख २६, २०७७

तुलसीपुर,२६ बैशाख ।

प्रहरीले लकडाउनको उल्लंघन गरेको भन्दै तुलसीपुर बजारबाट आज विहान ५२ जना लाई नियन्त्रणमा लिएको छ । कोरोनाको जोखिम रहेको भन्दै कडाई गरेको प्रहरीले दैनिक रुपमा नियन्त्रणमा लिईरहेको छ ।

बजारमा अनाबस्यक रुपमा हिडेको,सामाजिक दुरी कायम नराखेको,अतिआवस्यक बाहेका पसल खोलेको भन्दै ५२ जनालाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनिहरुलाई लकडाउको पालना गर्न आवस्यक सुझाव दिई छाडिने प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया