अप्टिमिष्ट क्लब अफ तुलसीपुरलाई ‘बेष्ट क्लव अवार्ड´

 २ घण्टा अगाडि

तुलसीपुर । अप्टिमिष्ट इन्टरनेसनल एसिया डिस्ट्रिकको केन्द्रीय अधिवेशनमा अप्टिमिष्ट क्लब अफ तुलसीपुरलाई ‘Best Club Award 2026’ बाट सम्मानित गरिएको छ।

भक्तपुरमा २०८३ साल असोज ३ र ४ गते सम्पन्न केन्द्रीय अधिवेशनमा देशभर रहेका अप्टिमिष्ट क्लबका शाखामध्ये उत्कृष्ट क्लबका रूपमा अप्टिमिष्ट क्लब अफ तुलसीपुरलाई उक्त सम्मान प्रदान गरिएको हो।

क्लबले सामाजिक, शैक्षिक तथा मानवीय क्षेत्रमा गर्दै आएको विभिन्न गतिविधि र योगदानको मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको जनाइएको छ। क्लबले समुदायमा सकारात्मक प्रभाव पार्ने विभिन्न सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ।

अधिवेशनका क्रममा प्रदान गरिएको ‘Best Club Award 2026’ अप्टिमिष्ट क्लब अफ तुलसीपुरका अध्यक्ष नोबेल डिसीले ग्रहण गरेका हुन्।

देशभरका विभिन्न शाखाबीच तुलसीपुरको क्लबले उत्कृष्ट क्लबको सम्मान प्राप्त गर्नु क्लबका पदाधिकारी तथा सदस्यका लागि गौरवको विषय बनेको छ। सम्मानले आगामी दिनमा सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा थप सक्रिय भएर काम गर्न हौसला मिलेको क्लबले जनाएको छ।

तपाईंको प्रतिक्रिया