प्रहरी दमनको विरोधमा तुलसीपुरका सबै पसल बन्द

 बैशाख २७, २०७७

तुलसीपुर,२७  बैशाख ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले गरेको ज्यादतिका विरुद्ध व्यापारीहरु आन्दोलित भएका छन । लकडाउनमा  तुलसीपुर क्षेत्रका अतिआवश्यक खाद्यान्नका पसलहरु विहान ९ वजे सम्म खुलेतापनि आज देखि ठप्प भएका छन । प्रहरीले जथाभावी लाठी प्रहार गरेको भन्दै तुलसीपुरका व्यापारीहरुले अनिस्चित कालका लागि सबै व्यापार व्यवसाय, उद्योग कलकारखाना वन्द गर्ने निर्णय गरेका हुन । पसलहरु बन्द हुदा अतिआवस्यक सामग्रि खरीदमा आएका सर्वसाधणहरु रित्तै घर फर्किएका छन ।

शुक्रवार तुलसीपुर उद्योग वाणिज्य संघमा भएको छलफल पछि व्यवसायीहरुले प्रहरीले कृष्ण वहादुर पुन, कालु जैसी लगायतको पसल भित्रै गएर व्यवसायीलाई कुटपिट गरेको घटनाको निन्दा गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका थिए । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावतको अध्यक्षतामा वसेको बैठकमा वोल्ने अधिकांस वक्ताहरुले ग्यांस लगायतका अतिआवश्यक वस्तुहरु समेत सरल रुपमा विक्रिवितरण र आवत जावतमा अवरोध पुरयाएको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरको ध्यानाकर्षण गराएका थिए । 

तपाईंको प्रतिक्रिया