तुलसीपुरमा आइतवारबाट पसल खुल्ने

 बैशाख २७, २०७७

तुलसीपुर,२७ बैशाख ।

तुलसीपुरमा अतिआवस्यकीय पसल आइतवारबाट खुल्ने भएका छन । प्रहरीहरुले लकडाउनको पालना गराउने सवालमा जथाभावि व्यवसायी माथि कारवाही गरेपछि समस्या उत्पन्न हुँदा उद्योग वाणिज्य संघले शनिवार सम्पूर्ण पसल वन्दका लागि आव्ह्वान गरेको थियो । लकडाउन पालना गर्ने सवालमा प्रहरीले अनावश्यक रुपमा दुख दिने गरेको आरोप व्यापारीहरुले लगाएका थिए ।

जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी, उपमहानगरपालिका र अन्य सरोकारवालासँगको छलफल पछि यस्तो निर्णय गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतले जानकारी दिएका थिए । बैठकमा प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल, तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख नवराज लामिछाने,जिल्ला प्रहरी प्रमुख गणेश चन्द , संघका अध्यक्ष बिरबहादुर रावत र ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपि हरिहरनाथ योगी लगायतको सहभागिता रहेको थियो । पसलहरु बन्द हुदा आज अतिआवस्यक सामग्रि खरीदमा आएका सर्वसाधणहरु रित्तै घर फर्किएका थिए ।

तपाईंको प्रतिक्रिया