तुलसीपुरमा लिईयाे नबजात शिशुकाे स्वाब

 बैशाख २९, २०७७

तुलसीपुर,२९ बैशाख ।

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा रहेकी महिलाबाट जन्मिएका जुम्ल्याहा बालिकाको पिसिआर परिक्षणका लागि स्वाब लिइएको तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य निरिक्षक विमल केसीले जानकारी दिए । तुलसी अस्पतालमा उपचाररत बालिकाको स्वाब संकलन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको तुलसी अस्पतालका सञ्चालक डा. किशोर खत्रीले जानकारी दिए ।

२ दिन अगाडी क्वारेन्टाइनमा वसेकी अनिता यादवले उनीहरुलाई राप्ती प्रादेशिक अस्पतालमा उनीहरुलाई जन्म दिएकी थिइन् । अनिताको भने पिसिआर रिपोर्ट नेगेटिभ आइसकेको छ ।

तपाईंको प्रतिक्रिया