औषधि वितरण सुधारका लागि थोक व्यवसायी संघको १३ बुँदे प्रस्ताव

 ६ घण्टा अगाडि

तुफानबाबु श्रेष्ठ, काठमाडौं । नेपाल औषधि थोक व्यवसायी संघले औषधि वितरण प्रणाली व्यवस्थित बनाउन औषधि व्यवस्था विभागसमक्ष १३ बुँदे सुझाव पेश गरेको छ। संघका अध्यक्ष गणेश नेपालको नेतृत्वमा गएको टोलीले निमित्त महानिर्देशक शिवानी खड्गीलाई सुझावपत्र बुझाएको हो। संघले सरकारी तथा अस्पतालमा औषधि जेनेरिक नाममा वितरण, कारोबारलाई पारदर्शी बनाउने, आधिकारिक विक्रेता प्रणाली लागू गर्ने र औषधि बजारमा देखिएको सिन्डिकेट अन्त्य गर्नुपर्ने माग गरेको छ।

त्यस्तै, व्यवसायीको भुक्तानी समयमै सुनिश्चित गर्नुपर्ने, ह्यान्डलिङ शुल्क ५ प्रतिशतसम्म कायम गर्नुपर्ने तथा थोक र खुद्रा व्यवसायीको मार्जिन क्रमशः १२ र २० प्रतिशत बनाउनुपर्ने प्रस्ताव गरिएको छ। अत्यावश्यक औषधिको नियमित आपूर्तिका लागि सरकारी खरिद प्रक्रिया सरल बनाउन र अस्पतालले औषधि दाखिला भएपछि आपूर्तिकर्तालाई समयमै भुक्तानी गर्ने व्यवस्था मिलाउन पनि संघले माग गरेको छ। यी सुधारले औषधिको उपलब्धता, बजार अनुशासन र आपूर्ति प्रणालीमा सुधार आउने संघको विश्वास छ।

तपाईंको प्रतिक्रिया