अभिभावक बिहिन यी नानि बाबूको नँया घर बन्दै
तुलसीपुर,६ जेठ ।
विगत ३ वर्ष अगाडि श्रीमतीको हत्या गरि श्रीमान जेल गएपछि दुई बालबालिकाको वीचल्ली भयो । यो तीन वर्ष कहिले फुपुको घरमा त कहिले सानीमा, ठूलीआमाको घरमा बित्यो । तर सधैभरि यसैगरी जीन्दगी त जाने थिएन । गाउँलेसहित वडा कार्यालयको समन्वयमा जंगल जजिकै एउटा सानो जस्ताले बेरेको झुपडी बनाइयो । आमा बुवा विहीन नानी बाबुलाइृ त्यहि एक्लै बस्न थाले । जब झुपडि देखिन्छ हरेकले एक पटक सोच्ने गर्छ होला यहाँ दिन त जसोतसो कट्यो होला तर रात ?
यो कुरा यो तुलसीपुर उपमहानगरपालिका वडा नं। ४ नयाँ बस्तीको पुन परिवारको । वीचल्ली अवस्थामा दिनरात जुजारिहेका बालबालिका हुन् १२ वर्षीया तिला पुन र उनका भाई ६ वर्षीय टिकाराम पुन । उनीहरुका बासस्थानमा जब सञ्चारकर्मिहरु एचआर मगर, प्रदिप भण्डारीको पहलमा व्यवसायी जयराम वली पुगे त्यहाँ न खाने चामल थियो न तरकारी न त खाना पकाउने राम्रा भाडा नै । यहाँसम्म कि त्यहाँ लगाउनेदेखि ओढ्ने ओछ्याउने लत्ताकपडासमेत थिएनन् ।
उक्त अवस्था देखिसकेपछि यो टिमले पुन परिवारलाई शुरुवाती चरलमा नुन, तेल, चामलसहित लत्ताकपडा उपलब्ध गराएको थियो । हाल भने यो टिमले उनीहरुको घर बनाउन शुरु गरेको छ । सोमबार तिला पुन र जयराम वलीको हातबाट घरको शिलन्यास गरिएको छ । वलीका अनुसार अबको दुई हप्ताभित्रै घर बनाई नानी बाबुलाई हस्तान्तरण गरिने छ ।
तपाईंको प्रतिक्रिया