राेल्पा अस्पतालमा ज्यान गुमाएका युवकको रिपोर्ट नेगेटिभ
तुलसीपुर ,६ जेठ ।
रोल्पामा आइसोलेसनमा रहेको अवस्थामा ज्यान गुमाएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । रोल्पा नगरपालिका १ सानो लिबाङका एक युवाको सोमबार दिउँसो ज्यान गएपछि काेराेना परिक्षणका लागि राप्ती श्वास्थ्य बिज्ञान प्रतिष्ठान घाेराहि पठाएपछि रिपोर्ट नेगेटिभ अाएको रोल्पा अस्पतालले जनाएको छ । लामो समयदेखि मृगौला रोगबाट पिडित युवक काठमाडौंको टिचिङ अस्पतालमा उपचार गरि घर फर्किएका थिए ।
टिचिङ अस्पतालबाट फर्काएका युवकलाई आइतबार राती साढे १० बजे रोल्पा अस्पताल रेउघामा भर्ना गरिएको थियो । आईसोलेसनमै रहेको वेला युवकको ज्यान गएको अस्पतालकी प्रमुख डा. धनमाया घर्तीमगरले जानकारी दिनु भएको छ । उनी लगायत हाल जिल्ला बाट २२ जनाको पिसिआर परिक्षणका लागी पठाइएकोमा १९ जनाको मात्र रिपोर्ट नेगेटिभ आएको छ । अरु ३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
तपाईंको प्रतिक्रिया