बाँकेको नरैनापुरमा सेना परिचालन
तुलसीपुर,११ जेठ ।
कोरोना सङ्क्रमित नै भाग्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।
नरैनापुरमा कुल १ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ, उनीहरु मध्ये एकको मृत्यु भएको छ । तर पछिल्लो समय संक्रमितलाई अस्पताल ल्याउन खोज्दा स्थानीयले प्रतिवाद गर्न थालेका छन् ।
तपाईंको प्रतिक्रिया