असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

 ३ मिनेट अगाडि

काठमाडौं । नेपालमा फेरि मनसुनी गतिविधि सक्रिय हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुनसक्ने जनाएको छ।

महाशाखाका अनुसार बंगालको खाडीको मध्य भागमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’मा परिणत भएको छ। उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने क्रममा रहेकाले यसको प्रभाव नेपालमा समेत पर्ने देखिएको हो।

यसको प्रभाव बुधबारदेखि नै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्ने पूर्वानुमान गरिएको छ।

विशेषगरी असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। केही स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेकाले बाढी, पहिरो तथा डुबानको जोखिमप्रति सतर्क रहन आग्रह गरिएको छ।

तपाईंको प्रतिक्रिया