दाङमा थप १५ जनामा कोरोना संक्रमण

तुलसीपुर,१४ जेठ ।
दाङमा अाज १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा घोराही र लमही क्षेत्रका १५ जनामा कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ।
घोराही उपमहाननगरपालिका– १० का ३ जना वर्ष २४, ४०, ४० वर्षका पुरुष र वडा नम्बर १८ का ४ जना रहेका छन्। उनीहरु २४, २५, ४०, ४२ वर्षका पुरुष रहेका छन्।
त्यसै गरेर लमही नगरपालिका वडा नम्बर १ का २६ वर्षीय १ जना, वडा नम्बर २ का १७, ३० वर्षका दुईजना वडा नम्बर ४ एक जना, २६ वर्षीय पुरुष, वडा नम्बर ५ का तीन जना २० वर्षका दुई जना र २३ वर्षको एक जना रहेका छन्।
यसमा २० वर्षकी एक महिला पनि छन। वडा नम्बर ६ का एकजना १८ वर्षीय पुरुष रहेका छन्। एक जना महिलासहित सबै १७ वर्षदेखि ३० वर्ष उमेरका छन्।
तपाईंको प्रतिक्रिया