तुलसीपुरका ५ जना सहित ९ जनामा कोरोना संक्रमण
तुलसीपुर,१८ जेठ ।
दाङमा आज थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षण क्रममा दाङका ४ पालिकामा गरि ९ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको प्रतिष्ठानले जनाएको छ । जस अनुसार तुलसीपुर उपमहानगरपालिका रक्षाचौर क्वारेन्टाईनमा रहेका १०७ मध्ये ५ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा वडानम्बर ६ का २० बर्षिय १ पुरुष, वडा नम्बर १५ का ३२ बर्षिय १ पुरुष, वडा नम्बर १६ का १८,२० र २३ बर्षिय ३ पुरुष रहेका छन । त्यसैगरी गढवा गाउँपालिका वडा नम्बर ६ का ३६ बर्षिय १ पुरुष र वडा नम्बर ७ का २४ बर्षि १ पुरुष, लमही नगरपालीका वडा नम्बर १ का ४० बर्षिय १ र राप्ती गाउपालीका वडा नम्बर ८ का १ पुरुष रहेको प्रतियष्ठानले जनाएको छ ।
यो सँगै दाङमा कोरोना संक्रमितहरुको संख्या ३४ पुगेको छ । एक जना निको भएर घर फर्किएका छन
तपाईंको प्रतिक्रिया