प्रदेश ५ बजेट: राप्ती प्रादेशिक अस्पताल अव विशिष्टीकृत अस्पताल
तुलसीपुर,१ असार ।
तुलसीपुरको राप्ती प्रादेशिक अस्पताललाई विशिष्टीकृत अस्पतालको रूपमा विकास गरिने भएको छ । विशेष उपचारका लागि प्रदेश बाहिर जानुपर्ने स्थितिको अन्त्य गर्न विशिष्टीकृत अस्पतालको रूपमा विकास गर्न पाँच नम्बर प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको छ ।
आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका शंकर पोखरेलले बजेट प्रस्तुत गर्दै यसका लागि आवस्यक बजेट विनियोजन गरेको जानकारी दिए । यस्तै लुम्बिनी प्रादेशिक अस्पतालको गुरूयोजना कार्यान्वयन गर्न र राप्ती प्रादेशिक अस्पतालको गुरूयोजना तयार गर्नका समेत बजेटको व्यवस्था गरिएको छ ।
तपाईंको प्रतिक्रिया