दाङका ८ सहित ५ सय ८६ जनामा कोरोना पुष्टि, ,कुन जिल्लामा कति थपिए ?
तुलसीपुर,३ असार ।
नेपालमा बुधबार थप ५ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।तीमध्ये ५४६ जना पुरुष र ४० जना महिला छन्।स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका ४, सिराहाका १, मोरङका ९, झापाका २, धनुषाका २६, महोत्तरीका २००, बाराका ७, रौतहटका १३७, कपिलवस्तुका १०, रुपन्देहीका ७, सर्लाहीका ६, प्युठानका ३४, अर्घाखाँचीका १२, कैलालीका १, पर्वतका ३, नवलपरासीका १७, गुल्मीका २६, बाँकेका १, बर्दियाका ३१, दाङका ८, सल्यानका २५, सुर्खेतका २, दैलेखका २, कालिकोटका १४ र कञ्चनपुरका ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ। तीमध्ये ५ सय ३९ जना महिला र ६ हजार ६ सय ३८ जना पुरुष छन्।यस्तै कोरोना भाइरसको संक्रमण बुधबार थप ९ जना संक्रमित डिस्चार्ज भएका छन्।
योसँगै कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेका १ हजार १ सय ६७ पुगेको छ। तीमध्ये १ सय १२ जना महिला र १ हजार ५५ जना पुरुष छन्। आज थप एक जनाको मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । यो संगै नेपालमा कोरोनाकै कारण ज्यान जानेको संख्या २० पुगेको छ ।



तपाईंको प्रतिक्रिया