एकैदिन थपिए ५३५ संक्रमित
काठमाडौँ, असार ८ ।
नेपालमा आइतबार ५३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार ५३५ जना संक्रमित थपिएका नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिए ।
उनीहरु मध्ये ४६१ जना पुरुष र ७४जना महिला छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९५६१ पुगेको छ । कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या २१४२ रहेको छ ।
तपाईंको प्रतिक्रिया