बले र प्रिज्मा साच्चै प्रेममा छन त ?

 असार ०८, २०७७

तुलसीपुर, ८ असार ।

केही समयदेखि मिडियामा सागर लम्साल ‘बले’ र टिकटकबाट चर्चामा आएकी प्रिज्मा खतिवाडाबीच प्रेम सम्बन्ध रहेको खबर आइरहेको छ । धेरैले उनीहरु गहिरो प्रेममा रहेको प्रतिकृया दिइरहेका हुन्छन् । तर, मिडियामा यत्तिका चर्चा हुदाँ पनि दुबै जना यस विषयमा मौन छन् । न सागरले केही बोलेका छन्, न प्रिज्माले नै यसमा उत्तर दिएकी छिन् । उनीहरु दुबै आफ्नो प्रेमलाई स्विकार्न वा नकार्न सकेका छैनन् ।

अहिले सागरलाई सामाजिक संजालमा प्रिज्माको नाम जोडेर प्रतिकृया दिनेहरुको संख्या धेरै नै छन् । उता प्रिज्मालाई पनि सागरको नाम जोडेर कमेन्ट गर्नेहरु कम छैनन् । तर, दुबैले यी प्रतिकृयाहरुलाई पनि नकारी रहेका छन् । सागर र प्रिज्मालाई दर्शकले पनि प्रश्न गरिरहेका छन् । मिडियाले पनि सोधिरहेका छन् – ‘आखिर तपाईहरु बीचको सम्बन्ध के हो ?’ यस प्रश्नमा उनीहरुको एउटै जवाफ आउने गरेको छ- ‘कृपय अहिले यस विषयमा कुरै नगरौँ न ।’

उनीहरुको मौनता र प्रेम चर्चालाई नकार्न नसक्नुले उनीहरु साच्चिकै प्रेममा रहेको शंका गराउँछ । अहिले त सागरले आफ्नो सामाजिक संजालमा पनि प्रिज्मासँगको तस्विर पोष्ट गरिहरेका हुन्छन् । उनले लेख्ने क्याप्सन प्रेमिल हुन थालेको छ । टिकटकमा पनि उनीहरु सँगै देखिन थालेका छन् । त्यहाँ पनि उनीहरु प्रेमिल नै बन्ने गरेका छन् । यी र यस्तै कुराले उनीहरुको प्रेमलाई पुष्टि गरिरहेको छ ।

उनीहरु धेरै म्युजिक भिडियोमा पनि एकसाथ देखिसकेका छन् । पछिल्लो समय ट्विनी गर्ल ‘प्रिज्मा-प्रिन्सी’ र सागरको भिडियोमा निकै राम्रो क्रेज बनिरहेको छ ।

तपाईंको प्रतिक्रिया