दूतावासमा बाँस्कोटालाई पठाएकोमा विरोध

 असार १३, २०७७

तुलसीपुर,१३ असार ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी समिति बैठकमा नेताहरुले भ्रष्टाचारको आरोप लागेर मन्त्रीबाटै हटाइएका गोकुल बाँस्कोटालाई दूतावासमा पठाएकोमा विरोध गरेका छन । उनीहरुले सरकारको यो व्यवहारबाट सरकार आफै कमजोर हुने काम गरेको भन्दै त्यसको समेत जवाफ प्रधानमन्धी तथा अध्यक्ष केपि शर्मा ओलीले दिनुपर्ने माग गरेका थिए ।

एक स्थायी समिति सदस्यका अनुसार सदस्यहरुले यत्रो जटिल कुरामा भ्रष्टाचारमा मुछिएर मन्त्रीबाट निकालिएको व्यक्तिलाई मर्यादाविपरीत भारतीय दूतावासमा वार्ता गर्न किन पठाइयो रु भनेर प्रश्न गरेका थिए । त्यस्तो कच्चा काम गरेर नेपाललाई असफल बनाउने अपरिपक्व काम किन गरियो ? यसको जवाफ प्रधानमन्त्रीले बैठकमा दिनुपर्छ’ धैरै सदस्यहरुको प्रश्न थियो ।

तपाईंको प्रतिक्रिया