रुकुम घटना निन्दनीय: नेविसंघ

 जेठ १९, २०७७

तुलसीपुर, जेठ १९ ।

नेपाल विद्यार्थी संघ राप्ती बबई क्याम्पस इकाई समितिले रुकुम घटनाको निन्दा गरेको छ । २१औं सताव्दिमा पनि जातभातको कुरा गरि अन्तरजातिय विवाह गर्न खोज्दा ज्यानै गुमाउनु पर्ने घटना निन्दनिय भएको ठहर गरिएको छ । इकाई सभापति कैलाश चन्दले सोमवार एक विज्ञप्ति प्रकाशित गर्दै घटनामा सम्लग्न सबैलाई हदै सम्मको कारवाहीको माग गरेका छन् ।

मृतक प्रति श्रद्धाञ्जली अर्पन गर्दछौं बिज्ञप्तिमा उल्लेख गरिएको छ । घटनाकाे सत्य तथ्य छानबिनका लागि माग गर्दै पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्ती उपलब्ध गराउन मागपनि गरेका छन् ।

तपाईंको प्रतिक्रिया