कोरोना अस्पतालका बेड प्याक, पालीकामा आईसोलेसन बेड बनाउने तयारी

 जेठ २०, २०७७

तुलसीपुर,२० जेठ ।
दाङमा संक्रमितको संख्या बढिरहेको भन्दै जिल्लाका सबै पालीकाहरुमा आईसोलेसन बेड थप्ने तयारी थालिएको छ । कोरोना विशेष अस्पतालमा संक्रमीत राख्न बेड अभाव रहेपछि हरेक पालीकामा आईसोलेसन बेड थप्न लागिएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिएका छन ।

हिजो संक्रमण पुष्टि भएकालाई घोराहीको कुहिरेपानीमा बनाईएको क्वारेन्टाईनमा राखिएको उनले जानकारी दिएका छन । उक्त क्वारेन्टाईनलाई थप ब्यवस्थापन गरि उनिहरुलाई राखिएको हो ।

तपाईंको प्रतिक्रिया