बर्षा जारी रहने हुदा सावधानी अपनाउन आग्रह

 असार २३, २०७७

तुलसीपुर,२३ असार ।

आज केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले मध्य तथा सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ । दिउँसो यी ठाउँमा पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

राति पनि देशका लगभग सबै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । ठूलो पानी पर्ने ठाउँमा बाढी र डुबानसँगै पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन मौसमविदको आग्रह छ ।

तपाईंको प्रतिक्रिया