काँग्रेस महाधिवेशन गर्ने मुख्य मिति कायम
तुलसीपुर,२३ असार ।
नेपाली काँग्रेसले महाअिधवेसन गर्ने मुख्य मिति कायम राखेर कार्यतालिका हेरफेर गरेको छ । आगामी फागुन ७ देखि १० गतेसम्मका लागि पूर्वनिर्धारित समयमा नै पार्टीको १४ औँ महाधिवेशन गर्ने निर्णय भएको छ । समायोजन, क्रियाशील सदस्यता वितरण र अधिवेशनको कार्यतालिका भने हेरफेर गरिएको छ ।
काँग्रेसको हिजो सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले समायोजन गरिसक्नुपर्ने अन्तिम अवधि आगामी साउन १० तथा नयाँ क्रियाशील सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरण अवधि यही असार २५ गतेदेखि साउन मसान्तसम्म तोक्ने निर्णय गरेको हो । गाउँनगर वडा अधिवेशन पुस ६ गते, गाउँनगरपालिका अधिवेशन पुस ८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस ११ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १३ गते गरिसक्न परिपत्र गर्ने तयारी काँग्रेसको छ ।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १६ गते, प्रदेश अधिवेशन माघ ६ गते र केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंँमा गर्ने निर्णय गरिएको छ ।
तपाईंको प्रतिक्रिया