दुर्घटनामा परि कलाकार चौधरीको ज्यान गयो
तुलसीपुर,२३ असार ।
मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका राष्ट्रिय नाचघर काठमाण्डौमा कार्यरत दाङका कलाकार गोरन चौधरीको मृत्यु भएको छ । चौधरी गत शुक्रबार राति करिब दश बजे काठमाडौंको चपली भन्ने स्थान नजिकै मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका थिए । चौधरी लमही नगरपालिका वडा नम्बर ६ लङडी निवासी हुन् ।
कलाकार चौधरीसंगै मोटरसाइकलमा सवार अर्का रामेछाप जिल्लाका तिलक सुनुवारको दुर्घटनामा परि मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका गोरनको काठमाण्डौ स्थित टिचिङ अस्पतालमा उपचार भैरहेको थियो । उनको उपचारकै क्रममा मंगलवार बिहान ९ बजे निधन भएको कलाकार बिपिन घिमिरेले जानकारि दिए । निर्देशक समेत रहेका उनले विभिन्न गित संगित तथा नाटकमा अभिनय गरेका छन् ।
तपाईंको प्रतिक्रिया