खुकुरी सहित एक युवक पक्राउ

 असार ३०, २०७७

तुलसीपुर,३० असार ।

तुलसीपुरमा खुकुरी सहित एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १६ फचकलुवा बस्ने वर्ष २४ को एलीस ठकुरी भन्ने मोहन चन्द रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीले शंका गरी चेकजाँच गर्ने क्रममा एक थान खुकुरी फेला पारेको र प्रेमिकाका विषयमा मलवार स्थित युवाहरु संग विवाद भई निजहरुलाई खुकुरी प्रहार गर्ने भनि हिडेको प्रहरीले बताएको छ । सोमवार पक्राउ परेका उनिमाथि आवश्यक अनुसन्धान भईरहेकोप्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया