कोरोना संक्रमणबाट एक युवकको मृत्यु
काठमाडौं, ३१ असार ।
कोरोना भाइरस संक्रमणका कारण नेपालमा बुधबार थप एक जनाको मृत्यु भएको छ । रौतहटको पर्रोहा नगरपालिका- ७ का ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका दाजुको भारतमा कोरोनाका कारण मृत्यु भएको थियो । उनको अन्त्येष्टिमा सहभागी भएर फर्किएका परिवारका सदस्यलाई क्वारेन्टिनमा राखिएको थियो । त्यस क्रममा रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि ती युवकलाई असार २९ गते वीरगञ्जको नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।
तपाईंको प्रतिक्रिया