२ अर्ब ४५ करोड ८८ लाख राजस्व संकलन

तुलसीपुर,२ साउन ।
आन्तरीक राजस्व कार्यालय तुलसीपुरले गएको आर्थिक बर्ष २०७६।०७७ मा २ अर्व ४५ करोड बढि राजस्व संकलन गरेको छ । कार्यालयले ३ अर्व ३० लाख ५४ हजारको लक्ष्य लिएको भएपनि लक्ष्य अनुसार राजश्व संकलन नभएको पाईएको छ । तर वितेको आर्थिक बर्ष २०७५।०७६ तुलनामा भने राजश्व संकलनमा बृद्धी भएको छ ।
आर्थिक बर्ष २०७५।०७६ मा २ अर्व १४ करोड १४ लाख ८३ हजार संकलन भएकोमा आर्थिक बर्ष २०७६।०७७ मा २ अर्ब ४५ करोड ८८ लाख २९ हजार राजश्व संकलन भएको कार्यालयका निमित्त प्रमुख कर अधिकृत लक्ष्मण सिंह श्रेष्ठले जानकारी दिएका छन । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा करीव ३१ करोड बढि हो ।
यदपी लक्ष्य अनुसार राजश्व संकलन नभएपनि यो विषम परिस्थितीमा उत्साह जनक रुपमा राजश्व संकलन श्रेष्ठले जानकारी दिएका छन ।
तपाईंको प्रतिक्रिया