सँयुक्त दलित युबा अभियानद्धारा सचेतनामुलक कार्यक्रम

 साउन ०४, २०७७


तुलसीपुर,४ साउन ।

सँयुक्त दलित युबा अभियान दाङले तुलसीपुरमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । जतिय विभेद तथा छुवाछुतको अन्त्य गरौ, समता र न्यायपुर्ण समाजको निर्माण गर्रौ भन्ने मुलनाराका साथ अभियानले कार्यक्रमको आयोजना गरेको जनाएको छ । अभियानका संयोजक खिमराज बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरु लाई दलितको इतिहास दलितबारे कानुनी ब्यवस्था, दलित युवाको भुमिका सम्बन्धी बिविध बिषयमा प्रशिक्षण दिईएको थियो ।

कार्यक्रममा नारायण परियार, मोहन स्वर्णकार ,प्रकाश शेरपाईली लगायतले प्रशिक्षण दिएका थिए । अभियानका सदस्य लिलाधर नेपालीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा उपसंयोजक शेर बहदुर परियार,सदस्यहरु छबी रियार,नारायण वि.क. अमर वि.क.,संतोष परियार,बसन्ता वि.क.,धनराज स्वर्णकार लगायतले आफ्नो विचार राखेको थिए । कार्यक्रमको सहजीकरण सचिव उमेश परियारले गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया