टेक्टर दुर्घटना हुदा प्युठानमा ७ जनाको ज्यान गयो

 साउन ०४, २०७७


तुलसीपुर,४ साउन ।

तुलसीपुर,४ साउन ।
प्युठानमा टेक्टर दुर्घटना हुदा ७ जनाको ज्यान गएको छ । ज्यान जानेमा रोल्पा रुन्टिगढी गापा वडा नं.५ बाईजा बस्ने बर्ष २१ को सागर बस्नेत ,२४ को रिम बहादुर बस्नेत , बर्ष १९ को बिरेन्द्र बाठा मगर , बर्ष १९ को थमन बाठा मगर , गोबर्धन बुढा मगर ,बर्ष २५ को कबिराम बस्नेत र चालक त्रिवेणी गापा बस्ने बर्ष २५ को कमल कंवर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

जिल्लाको स्वर्गद्धारी नगरपालीका वडा नम्बर ३ रुमाले भन्ने स्थानमा गयराती टेक्टर दुर्घटनामा परेको हो । भिंगृ स्वर्गद्वारी सडक खण्डमा काम गर्ने मजदुरलिएर भिंगृ तर्फ जादै गरेको लु १ त ४२३४ नं को ट्याक्टर सडक देखी झण्डै५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया