अब विदेशबाट आए ५ दिन आराम केन्द्रमा बस्नुपर्ने
तुलसीपुर,५ साउन ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समितिले धेरै संख्यामा नेपाली रहेका देशमा उद्दार उडानलाई प्राथमिकता दिने निर्णय गरेको छ । समितिको बैठकले धेरै श्रमिकलाई उद्धार गर्न बाँकी रहेका देशमा हवाई उडानलाई प्राथमिकता दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिनुभयो ।
जुन मुलुकबाट धेरैजना आउन बाँकी रहेका छन्, ती मुलुकबाट श्रमिक ल्याउनलाई हवाई उडानको प्राथमिकीकरण गर्ने बारेमा निर्णय भएको उहाँले बताउनुभयो । समितिले विदेशबाट ल्याइएका नेपालीलाई ५ दिन काठमाडौँमा बनाइएका आराम केन्द्रमा अनिवार्य रूपमा राख्ने निर्णय पनि गरेको छ ।
तपाईंको प्रतिक्रिया