तुलसीपुरका ३ जनामा कोरोना पुष्टि

 साउन ०८, २०७७

तुलसीपुर,८ साउन ।
दाङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको भेरी अस्पताल नेपालगन्जमा गरिएको कोरोना परिक्षणमा तुलसीपुरका ३ जनाको रिपोट पोजेटिभ आएको हो । जसमा तुलसीपुर ४, ५ र ७ का क्रमश ३९, ३९ र २३ बर्षिय तिन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले बताएको छ ।

अस्पतामा वितेको २४ घण्टामा गरिएको २ सय २९ नमुना परिक्षण मध्ये तुलसीपुरका तिन जना र बर्दियाका एक जना गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाईंको प्रतिक्रिया