अफिम सहित रोल्पाका ४ जना पक्राउ

 साउन १०, २०७७

तुलसीपुर,१० साउन ।

लागु औषध अफिम सहित दाङमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका–२ निबासी २२ बर्षका लाल सिंह विक, ३२ बर्षका हर्कबहादुर घर्तीमगर, ३२ बर्षका लालमन घर्तीमगर र वडा नम्वर ५ बस्ने ३५ बर्षका दुजबहादुर रोका रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

दाङको भालुबाङ रातोडाँडामा रहेको दक्षीणकाली सोल्टी होटेलमा अफिमको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीलले ६ किलो ९६७ ग्राम अबैध लागुऔषध अफिम सहित उनिहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

त्यसैगरी प्रहरीले लु१च ६१७१ नम्बरको बलेरो जिप, लु४०प९८०६ नम्बरको पल्सर मोटरसाईकल र विभिन्न ब्रान्डका मोबाईल समेत बरामद गरेको जनाएको छ । गत विहिवार पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले शनिवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

तपाईंको प्रतिक्रिया