ओलीको निधनमा श्रद्धाञ्जली ब्यक्त

 साउन ११, २०७७

तुलसीपुर,१० साउन ।

तुलसीपुर १० नँयागाउ निवासी गोपाल ओलिको निधन प्रति नेकपाले श्रद्धाञ्जली ब्यक्त गरेको छ । शितलपुर घाटमा भएको उनको अन्तीम संस्कारमा सहभागि हुदै नेकपा नेताहरुले दुख ब्यक्त श्रद्धाञ्जली ब्यक्त गरेका थिए । त्यस अवसरमा सुकुम्वासी आयोगका केन्द्रीय सदस्य शोभाराम बस्नेत, जिल्ला अध्यक्ष टिकाराम खड्का,तुलसीपुर कमिटिका अध्यक्ष खुसीराम चौधरीले संयूक्त रुपमा पार्टिको झण्डा ओढाएर सम्मान समेत ब्यक्त गरेका थिए ।

संगठनमा रहदा उहाले गरेका कार्यको प्रशंसां गर्दै नेता कार्यकर्ताले उहाले पार्टिका निम्ती गरेको योगदानलाई भुल्न नहुने उनिहरुले बताएका थिए । ७१ बर्षिय ओली विगत केहि बर्ष देखि क्यान्सरबाट पिडित थिए । उनको गयराति ९ बजे चितवनको क्यान्सर हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।

तपाईंको प्रतिक्रिया